NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलाथ्व पञ्चमी - ५

परिचय

यो आयोग नेपाल सरकारबाट जाँचबुझ आयोग ऐन, 2026 को दफा ३ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणका सम्बन्धमा जाँचबुझ गर्न गठन भएको हो ।

आयोगको संरचना:

आयोगको कार्यादेश:

विदेशबाट इलेक्ट्रिक सिगरेट (Vapes) मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको, संवत् २०८० साल साउन २ गते ब्रेक सुमा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको लगायत पटक-पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्व लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्णरुपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक-पटक सुन तस्करी सम्बन्धमा नेपाल सरकारका विभिन्न निकायबाट भएका छानबिन अनुसन्धान समतेको अध्ययन गरी तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र सो कार्यमा संलग्न व्यक्तिका सम्बन्धमा थप अनुसन्धान गर्नु पर्ने देखिएमा थप छानबिन अनुसन्धान गरी कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्ने ।

आयोगको कार्यालय तथा कार्य प्रारम्भ

आयोगले सिंहदरबार स्थित गृह मन्त्रालयको पुरानो भवनमा कार्यालय स्थापना गरी मिति २०८० असोज १६ गते देखि कार्य प्रारम्भ गरिसकेको छ ।